विदेश भ्रमणमा जाने नेपालीलाई वर्षमा २ पटकमात्रै डलर सटही सुविधा

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको छ ।

नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको हो।

नयाँ व्यवस्था अनुसार भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपालीहरुले प्रतिराहदानीबाट वर्षमा २ पटकमात्रै अमेरिकी डलर सटहीको सुविधा पाउनेछन् ।

नेपाल नागरिकहरुले राहदानीबापत प्रतिपटक १५०० अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सहटी सुविधा पाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

राहदानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बाहक स्वयं उपस्थित हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here