पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने सीके राउतको घोषणा

काठमाडौं, १५ पुस । सीके राउतको जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ ।

पार्टी अध्यक्ष डा.सीके राउतले विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका हुन् ।

किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको विज्ञिप्तमा उल्लेख गरेका छन् ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here