कांग्रेस वरीयताः शेखरलाई सुनिल थापाभन्दा पछाडि राखियो, गगन थापा चौंथोमा

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले नेताहरुको वरीयता तोकेका छन्।

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरिएको हो ।

उनले आफूसँग हारेका डा. शेखर कोइरालालाई २०औँ नम्बर वरीयतामा राखेका छन्। यसअघि सभापतिमा हार्ने उम्मेदवारलाई दोस्रो-तेस्रो वरीयतामा राखिन्थ्यो।

देउवाले शेखरलाई भन्दा अगाडिको वरीयतामा राप्रपा छाडेर कांग्रेसमा पूर्वसहमहामन्त्री सुनिल थापालाई राखेका छन्।

देउवाले शेखरलाई भन्दा अगाडिको वरीयतामा राप्रपा छाडेर कांग्रेसमा पूर्वसहमहामन्त्री सुनिल थापालाई राखेका छन्।

शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रोमा रहेका छन् ।

महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् । सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् ।

केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् ।

उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ । त्यस्तै सभापतिमा पराजित शेखर कोइराला २० औं वरीयतामा छन् । वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here