‘उपत्यकाको विद्युत आपूर्तिमा समस्या हुँदैन, २ हजार मेगावाटसम्मको माग दिन सक्छौं’

काठमाडौं, १६ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबारदेखि कुनै पनि ठाउँमा झ्याप्प-झ्याप्प बत्ती जाने समस्या अन्त्य भएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मलेनको आयोजना गर्दै पछिल्लो समय केही प्राविधिक कारणले बिजुली आउने-जाने समस्या भएकोमा अब त्यो समस्या नदोहोरिने बताएका हुन् ।

तीन चार दिनदेखि विद्युत आपूर्तिमा समस्या देखिएको छ। यो समस्या काठमाडौंमा मात्र देखिएको हो। देशभर होइन आजैबाट अन्त्य भयो पत्रकार सम्मेलनमा उनले भने ।

पानी परेर चिसो बढेपछि विद्युतको माग बढेको र ट्रान्सफर्मरमा लोड पर्दा अहिलेको समस्या देखिएको उनले बताए । काठमाडौँमा रहेका करिब ३८ सय ट्रान्सफर्मर मध्ये ५०-६० वटामा मात्र समस्या देखिएको बताए ।

विद्युत आपूर्तिमा समस्या देखिएको हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएको छ। बेलुकाको पिक लोड १७०० र बिहान १५ सय मेगावाट रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण ट्रान्सफर्मरमा समस्या हो उनले भने ।

उनका अनुसार हाल काठमाडौँको सबै ठाउँमा समस्या देखिएको नभई इमाडोल , बानेश्वरका , रत्नपार्क र कालधारा क्षेत्रमा मात्र समस्या देखिएको बताए ।

फिडरमा समस्या आएको भए ठूलो समस्या हुने तर अहिले ट्रान्सफर्मरमा समस्या आएकोले ट्रान्सफर्मर फेर्दा समस्या समाधान हुने उनको भनाई थियो ।

अहिले स्थानीयहरुले ट्रान्सफर राख्न अवराेध गरेकाले पनि समस्या आएकाे छ। यसमा सबैकाे सहकार्य आवश्यक रहेकाे छ। विद्युत सप्लाई नै दिन नसकेकाे भन्ने कुरामा सत्यता छैन।

उपत्यकामा २ हजार मेगावट धान्न सक्ने गरी ९ वटा सवस्टेशनकाे काम भइरहेकाे छ। चाेभार, मुलपानी, चाँगुनारायण, बालकुमारी, टेकु लगाय ठाउमा टेन्डर लागेर काम भइरहेकाे छ’, उनले भने, ‘अहिले १३२ केभी लाइन अन्डरलाईनकाे काम भइरहेकाे छ।

अब छिट्टै काठमाडौं उपत्यकाले २ हजार मेगावाट विद्युत माग गरेपनि प्राधिकरण दिन सक्ने अवस्थामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here