आइएमई पेबाट चन्द्रागिरि केबलकारको टिकट काट्दा ३० प्रतिशत क्यासब्याक

काठमाडौं, १६ पुस । चन्द्रागिरि हिल्सले आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि केबलकारको टिकट बुकिङ गर्दा ३० प्रतिशत क्यासब्याक दिने भएको छ ।

कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो । कम्पनीका अनुसार आइएमई एपबाट टिकट खरिद गर्नेले मात्र ३० प्रतिशत क्यासब्याक पाउने छन् ।

यो योजना पुस १५ देखि १७ गते (बिहीबारदेखि शनिबारसम्म) मात्र लागू हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।

आइएमई पे आइएमई ग्रुपद्वारा संचालित कम्पनी हो। आइएमई पेको ३५ हजार एजेण्ट आउटलेट रहेको जनाइएको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो।

यो एपमार्फत व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here