सुर्खेतमा थपियो गुण एयरलाइन्सको सेवा,आइतवारदेखि नियमित उडान

काठमाडौं, १६ पुस । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पुस १८ देखि काठमाडौबाट सुर्खेतको लागि नियमित हवाई उडान शुरु गर्ने भएको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ उडान शुरु गर्न लागेको हो ।

गुणले दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट उडान सेवा सञ्चालन गरिरहेको छ ।

यस अघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा नेपालगन्ज विराटनगर सिमरा र जनकपुरमा भने नियमित उडान शुरु गरिसकेको छ।

थापाका अनुसार यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा प्रतिस्पर्धामा आफुहरु पनि गइरहेको र त्यसै अनुरुपको उच्च स्तरको सेवा दिदै उडान गरिरहेको बताए ।

उडानको शुरूवात देखिनै गन्तव्य हरुमा यात्रुहरुबाट राम्रो साथ पाएको र यसवाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको उनको भनाइ छ ।

गुण एयरलाइन्सको पोखरा-भरतपुर नियमित उडान शुरु

सिमरामा थपियो अब गुण एयरलाइन्सको सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here