आयातमा झन कडाइ: भारु ३ करोड बढीको सामान ल्याउँदा एलसी अनिवार्य

काठमाडौं, १६ पुस । राष्ट्र बैंकले आयातमा झन कडाइ गरेको छ ।

शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन २०७६ संसोधन गर्दै वस्तुका लागि खोलिने प्रतिपत्र (एलसी)को सीमा परिवर्तन गरेको हो ।

बैंकले भारतबाट आयात हुने वस्तुका लागि खोलिने एलसीको सीमा ५ करोडबाट घटाएर ३ करोड भारुमा झारेको छ । यसअघि ५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात अनिवार्य रुपले प्रतितपत्रमार्फत गर्नु पर्ने व्यवस्था थियो ।

यस्तै यसअघि तेस्रो मुलुकमा सामान निर्यात गर्दा आधिकारिक निवेदन तथा कागजात बुझाएमा जतिपनि सटही सुविधा पाईने गरेकोमा अब भने राष्ट्र बैंकले सीमा तोकिदिएको छ । नयाँ व्यवस्था अनुसार ३ लाख रुपैयाँसम्म मात्र सटही सुविधा पाइने छ ।

यसरी एलसी, ड्राफ्ट वा टीटीका माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम २ वा १० प्रतिशत धरौटी लिनुपर्ने र सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनका लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिने व्यव्स्था पनि राष्ट्र बैंकले गरेको छ।

तर, विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाइने व्यवस्था गरिएको छ। उल्लिखित धरौटी रकम भने लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here