माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, सहमतिमै कार्यसमिति छान्ने प्रयास

काठमाडौं, १७ पुस । माओवादी केन्द्रीको जारी महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ।

शीर्ष नेताहरुले कार्यसमितिमा सर्वसहमतिको प्रयास गरे पनि शनिबार ७ बजेसम्म पनि सहमति नभएपछि बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

निर्वाचन आयोगले शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार ८ बजेबाट उम्मेदवारी दिने समय तोकिएको थियो ।

साढे १० बजे उम्मेदवारको सूची प्रकाशित हुने र निर्वाचनका बाँकी काम भने आइतबार गर्ने तालिका तय भएको थियो ।

यसअघि निर्वाचन आयोगले १ हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको थियो ।

आज मात्रै माओवादीको विधान सर्वसम्मतिले पारित गरेको थियो । पारित विधानअनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here