माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधन, साँझ ६: २५ देखि मतदान

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरेको थियो ।

संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बजेदेखि ३:३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। ३।४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ। उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४:१० बजेसम्मको समय दिइएको छ।

आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here