‘सेकेण्ड लेफ्टेनेन्ट’ पदमा जागिर खुल्यो, यसरी दिनुहोस् अनलाइनबाट आवेदन

काठमाडौं, १८ पुस । नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त पदका लागि २९९ जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ पदमा दरखास्त आह्वान गरेको छ।

आवेदन मागेको सो संख्यामा समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ।

नयाँ माग अनुसार १२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी, २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र पाँच जना पिछडिएको क्षेत्रबाट माग गरिएको छ।

दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिने निर्देशनालयले जनाएको छ।

आवेदन फाराम सेनाको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिने जनाइएको छ। यसका लागि प्रमाणपत्र वा स्नातक तह वा सो सहर उर्तिण गरेको हुनुपर्ने छ।

आवेदनकर्ताको हकमा १८ वर्ष पुरा भई २१ ननाघेको तथा स्नातक वा सो सरह योग्यता भएकाको हकमा १८ वर्ष पुरा भई २४ ननाघेको हुनुपर्ने छ।

सबै आवेदनकर्ताले खुलातर्फ अनिवार्यरुपले फाराम भर्नुपर्ने र सो बापत एक हजार रुपैयाँ दस्तुर लाग्ने छ।

यदि कुनै आवेदनकर्ताले समावेशी तर्फ समेत फाराम भर्न चाहेमा सो वापत प्रत्येक समूहका लागि थप २० प्रतिशतका दरले दस्तुर लाग्ने बताइएको छ।

जंगी अड्डा भद्रकाली, मध्य पृतथा हेडक्वाटर सुपारेटार हेटौंडा, उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे सुर्खेत, पूर्वी पृतना हेडक्वाटर इटहरी, पश्चिम पृतना हेडक्वाटर पोखरा, सुदुर पश्चिम पृतना हेडक्वाटर राजपुर दिपायलमा आवेदन बुझाउन सकिनेछ।

यसरी भर्नुहोस् अनलाइनबाट आवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here