एकैदिन विश्वभर ४४ सय उडान रद्द, हवाइ क्षेत्रमा अर्बौको नोक्सान

काठमाडौं, १८ पुस । शनिवार ४४ सय भन्दा बढी उडान रद्ध भएका छन् ।

उडान ट्रयाकिङ गर्दै आएको ‘फ्लाइट अवेअर डटकम’ नामक वेबसाइटका अनुसार बढ्दो कोरोना भाइरस र खराब मौसमका कारण नयाँवर्षको दिन ४,४०० उडानहरू रद्द भएको छ ।

ओमिक्रोन संक्रमणबीच चिनियाँ र अमेरिकी गन्तव्यका सबैभन्दा बढी उडान रद्द गरिएका हुन् । फ्लाइट अवेअरका अनुसार २,५०० भन्दा धेरै अमेरिकामा रहेको छ । अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ।

कुल उडानको तुलनामा यो सामान्य भएपनि अन्य समयको तुलनामा बढी भएको हो ।

डिसेम्बर २४ यता अमेरिकामा १२,००० उडानहरू रद्द भएका छन्। वायुसेवाहरूले कर्मचारी अभावसँग जुझ्नका लागि उनीहरूलाई अतिरिक्त पैसा दिने उपाय चालिरहेका छन्।

वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको हो।यात्रुहरूको त्यस्तो सङ्कटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो।

तर श्रम सङ्गठनहरूले कर्मचारीहरूमा कोभिड सङ्क्रमण हुनसक्ने र क्रुद्ध यात्रुहरूसँग झेल्नुपर्ने त्रास रहेको बताएका छन्। अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओुहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए।

यसले हवाइ क्षेत्रमा अर्बौको नोक्सान हुने देखिएको छ ।

(बिबिसीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here