कांग्रेस केन्द्रीय सदस्यमा थप तीन मनोनीत, अझै परेनन् मीनेन्द्र

काठमाडौं,१८ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यसअघि सभापति देउवाले १० जनालाई मनोनीत गरेका थिए । देउवाले आफूनिकट नेताहरूलाई मात्रै मनाेनीत गरेकाे भन्दै आलाेचना शुरू भएकाे छ ।

१३ जना मनाेनीत भइसक्दासमेत नेता रिजाललगायतका नेताहरूकाे नाम आएकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here