माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका फेरि संशोधन, सोमवार बिहान ८ देखि मतदान

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले पुनः निर्वाचन कार्यतालिका संसोधन गरेको छ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीको टुंगो लगाउनका सोमबार८ बजेदेखि मतदान हुनेगरी निर्वाचन कार्यातालिका संसोधन गरिएको हो।

उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरेको थियो ।

संशोधित निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै आजै साँझ साढे ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने कार्यतालिका छ।

उम्मेदवारको सम्बन्धमा दाबी विरोध प्रस्तुत गर्न साँझ ७ बजेसम्मको समत तोकिएको छ। उजुरी परेको सूचना सवा ७ बजे प्रकाशन गरिनेछ।

त्यस्तै उजुरीउपर छानविन र निर्णय गर्न पौने ८ बजेसम्मको समय तोकिएको छ । बेलुका ८ बजे उम्मेदवारको सूची पुनः प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।

उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिनका लागि साढे ८ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि बेलुका पौने ९ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

केन्दीय निर्वाचन समितिका अनुसार मतदान भोलि (सोमबार) ८ बजेदेखि हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here