राष्ट्रियसभा निर्वाचन: एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा

काठमाडौं, १९ पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभामा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले संयुक्त उमेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले कुन पार्टीले कति सिट पाउने भनी भागबण्डा लगाएका हुन् ।

स्रोतका अनुसार कांग्रेसले आफ्नो ३ सहित थप ३ पाउने, माओवादीले आफ्नो ४ सहित थप एक पाउने त्यस्तै, एकीकृत समाजवादीले पनि आफ्नो ४ सहित थप एक पाउने सहमति बनेको छ। एक सिट दिने निर्णय भएको छ ।

आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदैछन् ।

एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने भएका हुन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here