काठमाडौं, २० पुस । महाकाली नदीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिएको छ । पुल मर्मतका लागी माहाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।
मंगलवार दैनिक बिहान ६ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ४ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको पत्रकार पप्पु कालापानीले क्लाउड पत्रिकालाई बताए ।
महाकाली नदीपारिको महाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाई एक हजार चारसय ५२ मिटर छ। नेपालमा रहेका सबै प्रकारका पुलहरू मध्ये चाँदनी-दोधारा पुल नै सबैभन्दा लामो पुल हो।
२०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुल एसियामै दोस्रो लामो झोलुङ्गे पुलमा ३२.७ मिटरका ७ वटा अग्ला टावर छन्।