राष्ट्रियसभा निर्वाचन: मनोनयन दर्ता शुरु, यी हुन् माओवादी केन्द्रका उम्मेदवार

काठमाडौं, २० पुस । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको हो ।

उक्त निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपांग अल्पसंख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here