‘ओमिक्रोन’को त्रासबीच फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं, २० पुस । ओमिक्रोनको त्रासबीच फ्रान्समा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।

ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्। डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो ।

वैज्ञानिकहरुका अनुसार नयाँ भेरियन्ट फ्रान्सको मारसेलमा भेटिएको आईएचयूले ४६ पटक रुप फेरिसकेको छ। यो मूल कोभिडको तुलनामा खोप प्रतिरोधी र निकै संक्रामक हुनसक्ने अनुमान गरिएको छ।

हाल आईएचयू कति घातक र संक्रामक हुनेछ भनेबारे स्पष्ट भइसकेको छैन।

विश्व स्वास्थ्य संगठनको अनुसन्धान टोलीले उक्त भेरियन्ट अध्ययनको थप तयारी गरिरहेका जनाइएको छ । – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here