एप्पल बन्यो ३० खर्ब डलर बजारमूल्य भएको विश्वकै पहिलो कम्पनी

काठमाडौं । अमेरिकी प्रविधिका दिग्गज एप्पल ३० खर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ ।

आइफोन उत्पादन कम्पनी एप्पलले २०२२ को शुरुमै नयाँ रेकर्ड राखेको हो । स्टक एक्सेन्चको तथ्यांक अनुसार एप्पलको सेयर ३ प्रतिशतले बढी १८९.८८ अमेरिकी डलर पुगेको हो ।

तीन बर्ष अघि कम्पनीको बजार मूल्य १० खर्ब थियो । गत २ बर्षमा २० अर्ब बजार मूल्य थपेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीका भर्चुअल रियालिटी तथा स्वचालित कारलगायत सबैभन्दा बढी बिक्री हुने उत्पादनका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउनेमध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।

एप्पलको विशेषगरी आइफोनले विक्रीको आधा हिस्सा ओगटेको छ । जबकी यसको आइप्याड, म्याक तथा ट्यावलेटको कारण बढी चर्चामा छ ।

एप्पलको समग्र बजार मूल्य विश्वका प्रमुख १० ठूला अर्थतन्त्र भएका मुलकमध्ये ६ वटा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा धेरै छ। जसमा बेलायत, भारत, फ्रान्स, इटाली क्यानडा र दक्षिण कोरिया छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here