नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट बनाउन रोक

काठमाडौं, २० पुस । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै खोल्न लागिएको रेस्टुरेन्टको संरचना निर्माणको काम तत्कालका स्थगित गर्न निर्देशन दिएको छ ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनपछि बतास अर्गनाइजेसनले बनाउन लागेको रेस्टुरन्टको काम तत्कालका लागि रोक्न सरकारले निर्देशन दिएको हो ।

संग्रहालयको करिब १० रोपनी जग्गामा रेस्टुरेन्ट व्यवसाय संचालन गर्न बतास कम्पनीसँग समितिले सम्झौता गरेको थियो ।

पुरातात्विक तथा ऐतिहासिक सम्पदामा स्थायी संरचना बनाउँन थालिएपछि मन्त्री आलेले रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न समितिलाई निर्देशन दिएका थिए ।

‘प्रस्तुत विषयमा यस नारायणहिटी द रबार संग्रहलाय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालिबीच सम्झौता भई अगाडि बढेको निर्माणका कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ कार्यकारी निर्देशक दाहालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here