राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाको उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)

काठमाडौं, २० पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन्।

जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारको नाममा दावी विरोधका लागि पुस २१ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानविन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ । अधिकांश सिटमा ५ दलीय गठबन्धनले नै जित्ने निश्चित जस्तै छ ।

यी हुन उम्मेदवारी दिनेहरु: