राष्ट्रियसभा चुनावमा खर्च गर्न पाउने रकमको सीमा तोकियो, कुन शीर्षकमा कति ?

काठमाडौं, २१ पुस । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

उम्मेदवारले मतदाता नामावली खरिद, सवारी, प्रचारप्रसार सामग्री, ढुवानी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनजस्ता १० शीर्षकमा सो रकम खर्चिन पाउनेछन् ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ लाख, सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठी/अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो ।

राष्ट्रियसभा निर्वाचन माघ १२ गते हुँदैछ भने त्यसका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाको उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here