छ आन्तरिक विमानस्थल जहाँ सम्भव छ रात्रिकालिन उडान, झापामा शुरु जनकपुरमा छिट्टै

क्लाउडपत्रिका
काठमाडौं १९ माघ ।
यही माघ १७ साँझदेखि झापास्थित चन्द्रगढी विमानस्थलमा रात्रिकालिन उडान प्रारम्भ भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्लामा पुगेर चन्द्रगढी विमानस्थलमा रात्रि उडान शुभारम्भ गरे । नेपाल नागरिक उड्डयण्न प्राधिकरणका अनुसार यो विमानस्थल रात्रिकालिन उडान सम्भव भएको छैठौं आन्तरिक विमानस्थल हो । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अधिक ट्राफिक चाप बढेपछि सरकारले आन्तरिक उडानलाई पनि रातिमा सारेर दिनमा हुने भिडभाड कम गर्ने उपाय अपनाइरहेको छ । आन्तरिक उडानलाई ७० प्रतिशतसम्म रातमा सारेर दिनमा हुने चाप कम गर्ने तयारी छ । अहिले त्रिभुवन विमानस्थलमा औसतः दैनिक ३ सय भन्दा धेरै आन्तरिक र ७० भन्दा धेरै अन्तरराष्ट्रिय उडान÷अवतरण हुने गरेका छन् ।


रात्रिकालिन उडान हुने विमानस्थल
विराटनगर
भैरहवा
नेपालगन्ज
धनगढी
सिमरा
चन्द्रगढी

छिट्टै जनकपुरमा
जनकपुरमा समेत रात्रिकालिन उडान प्रारम्भ गर्ने तयारी सहित काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । आगामी चैतसम्म जनकपुरबाट पनि रात्रिकालिन उडान प्रारम्भ हुने बताइएको छ । रात्रिकालिन उडानका लागि धावनमार्ग र ट्याक्सी वेमा बत्ति जडान गर्नुपर्छ । यसबाहेक उपकरणमार्फत हुने उडान तथा अवतरण (आइएफआर)का लागि आवश्यक प्रविधिसमेत जडान गर्नुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here