जनरल इन्स्योरेन्स एनपीआइमा आवद्ध

काठमाडौं, २१ पुस । जनरल इन्स्योरेन्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच बुधबार सम्झौता भएको छ।

जनरल इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबारहरू नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरेर डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने विषयमा सम्झौता भएको हो।

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनससिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसिएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ।

त्यस्तै यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएल-आइपिएस र कनेक्ट आइपिएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ।

यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने छ। यी सबै कारोबारहरू सोझै बीमा कम्पनी तथा लाभ ग्राहीहरूका बैंक खाताहरूबाट हुनेछन्।

यसरी एनपीआइमा जोडिए पछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालित रूपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ।

एनपीआइसँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ, जसले जनरल इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ।

जनरल इन्स्योरेन्सलगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरूले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइनमार्फत कनेक्ट आइपिएस बाट भुक्तानी गर्दै आएका छन्। साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरू यस अघि नै एनपीआइमा आबद्ध रहेका छन्।

एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआइ सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसप- पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका ६९ गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

जनरल इन्स्योरेन्स कम्पनीले २०७५ सालको असारदेखि आफ्नो सेवा प्रदान गर्दै आएको छ। बैंकिङ, बीमा, व्यापार, उत्पादन, पर्यटन जस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्ने व्यक्तिहरूद्वारा प्रवर्धित कम्पनी आफ्ना ग्राहकहरूलाई प्रभावकारी सेवा प्रदान गर्नमा केन्द्रित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here