पैसा जति कमाए पनि बचाउन नसकेर समस्यामा त हुनुहुन्न ? यसरी गर्नुहोस् बचत

काठमाडौं । पैसा बचत गर्नु पनि एक कला हो र यो कला जो कोहीलाई नआउन पनि सक्छ । कुनैपनि मानिसले कति कमायो भन्दापनि कति बचायो भन्ने कुरा सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ ।

अहिले मानिसहरुलाई सताउने मध्ये एउटा कारण हो कमाइ । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले बचाउन नसकेर समस्यामा परेका छन् ।

धेरैजसो मानिसहरुको भनाई यही हुन्छ कि उनीहरु जतिधेरै पैसा कमाउँदा पनि बचत गर्न सक्दैनन् । धनी बन्न त्यति सजिलो छैन ।

मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ ।

त्यसैले पनि मानिसहरुले भन्ने गरेको सुनिन्छ, ‘मेरो हातमा त पैसा नै बच्दैन के गर्ने ? ’ यदि तपाई पनि पैसा बचाउन नसकेर हैरान हुनुहुन्छ भने यस्तो गर्नुहोस् ।

आफ्नो खर्चको तालिका बनाउनुहोस्

सानो भन्दा सानो खर्चको पनि लिस्ट बनाउने बानीको कारण कति पैसा अनावश्यक रुपमा खर्च भईरहेको छ भन्ने कुरा थाहा हुन्छ । र यी सबै कुरा थाहा भएसंगै तपाईंलाई अनावश्यक रुपमा पैसा खर्च गर्न मन लाग्दैन् र बिस्तारै बचत गर्ने बानीको विकास हुन्छ ।

तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् । र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने ? त्यो यकिन गर्नुहोस् ।

म यति रुपैयाँचाहीँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ । एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन । तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ ।

ठूलो लक्ष्य अगाडी राख्नुहोस्

पैसा बचत गर्ने सबैभन्दा राम्रो उपाय भनेको कुनै ठूलो लक्ष्यको लागि पैसा जम्मा गर्नु हो । जस्तै कार किन्ने, घर बनाउने तथा आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउने जस्ता लक्ष्यहरुले बचत गर्ने बानीको विकास हुन्छ ।

ऋण नराख्नुहोस्

कुनैपनि प्रकारका ऋण राख्नुहुन्न । ऋणले मानिसलाई कुनैपनि हालतमा बचत गर्ने बानीको विकास गर्न सक्दैन् । यदी कुनै अवस्थामा ऋण लिनु नै परेमा पनि यसलाई सकेसम्म सबैभन्दा छिटो तिर्ने कोशिष गर्नुपर्छ ।

कतैबाट केही पैसा जम्मा हुने वित्तीकै सबैभन्दा पहिले आफ्नो ऋण नै तिर्नुहोस् ।

घरमा खाने बानी बसाल्ने

हामी बिहानै उठेपछि चिया खानको लागि बाहिर निस्कन्छौ । यसले गर्दा अस्वभाविक रुपमा हाम्रो खर्च बढिरहेको हुन्छ । सकेसम्म घरमा नै बनाउन सकिने खानेकुरा घरमा नै खाने बानीले पनि बचत बढाउन सकिन्छ ।

हामी अल्छीले गर्दा खाना पनि बाहिर खाने वा खानाको सट्टा रेडिमेट वस्तु खाने गर्छौं । यस्ता खानेकुराले स्वास्थ्यमा असर पर्नुको साथै बचतमा पनि सहयोग मिल्छ ।

अत्यावश्यक समयमा खर्च गर्न पैसा छुट्याउनुहोस्

हामीले अत्यावश्यक वस्तु वा आवश्यक आवश्यकताका रुपमा कहिल्यै पनि छुट्याएका हुँदैनौं । त्यसैले गर्दा हामीसँग पैसा भएको बेलामा अगाडि जे देखिन्छ त्यसैमा खर्च गछौं ।

यसैले गर्दा हामी हामीलाई अत्यावश्यक आवश्यकतामा थप पैसा खर्च हुने संभावना हुन्छ । यसैले बेलैमा प्राथमिकता छनोट गर्दा पैसा बचत गर्न सहयोग मिल्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here