कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै, एकैदिन ४३५ जना संक्रमित थपिए

काठमाडौं, २१ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ गरी ४३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३० हजार २ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार १६७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here