चैत मसान्तसम्म काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी

फाइलफोटो

काठमाडौं, २२ पुस । सरकारले चैत मसान्तसम्म काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको खानेपानी ल्याउने निर्णय गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै सो अवधिभित्र पानी ल्याइसक्ने निर्णय गरेको हो ।

खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजना पुननिर्माण कार्ययोजना मन्त्रिपरिषदमा पेस भएको थियो ।

उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गर्ने निर्णय भएको हो ।

गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन।

हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो। त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here