गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, २२ पुस । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंकको बिहिबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले साविक सहारा विकास बैंक प्राप्ति पश्चात कायम चुक्ता पूँजी ३ अर्व ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँको १६ प्रतिशत बोनस शेयर प्राप्ति भएपश्चात गरिमा विकास बैंक लिमिटेडमा हाल कायम शेयरधनीहरुलाई वितरणको लागि प्रस्ताव गर्ने निर्णय गरेको जनाएको छ ।

गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोबार सम्पन्न गर्दाको दिन भन्दा पछाडि दोस्रो बजारबाट शेयर कारोबार भई कायम शेयरधनीहरुले प्रचलित आयकर ऐन बमोजिम लाभांश (बोनस शेयर) बापत तिनुपर्ने कर सम्बन्धित शेयरधनीहरुबाट नगदै जम्मा गराई भुक्तानी गर्ने समेत निर्णय गरेको बैंकले बताएको छ ।

गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको कम्पनीले जनाएको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here