हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, २२ पुस । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस २१ गते बसेको बैठकले उक्त आवको मुनाफाबाट शेयरधनीलाई ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ०.२५ प्रतिशत बढी हो । सो आवमा इन्स्योरेन्सले ६.७५ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here