सरकारी लक्ष्यको ३९ प्रतिशत राजस्व संकलन

काठमाडौं, २२ पुस । चालू आर्थिक वर्षको पहिलो ५ महिना १९ दिनमा सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार करिब ६ महिनामा अवधिमा ४ खर्ब १७ अर्ब रुपैयाँ राजस्व असुली भएको छ ।

चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ३९.८४ प्रतिशत हो । यो वर्ष राजस्वबाट १० खर्ब ६९ अर्ब राजस्व संकलनको लक्ष्य सरकारले लिएको छ।

यस्तै गैरकर राजस्वबाट ३६ अर्ब ३५ करोड संकलन भएको छ। अन्य शीर्षकमा ३३ अर्ब ५७ करोड प्राप्ति हुँदा अनुदान १३ अर्ब ८८ करोड संकलन भएको छ।

गत वर्ष सोही अवधिमा ३ खर्ब ६ अर्ब राजस्व संकलन भएको थियो।

गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा यसपटक २५ प्रतिशतले बढी संकलन भएको हो। राजस्व संकलनको वार्षिक प्राकृतिक वृद्धिदर २० प्रतिशतलाई मानिने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here