प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित

फाइलफोटो

काठमाडौं, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ ।

समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन ओमिक्रोन भेरियन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ ।

यो समिटमा भाग लिन जनवरी पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।

जनवरी १० देखि जनवरी १२ सम्म सम्मेलन २० सदस्यीय प्रतिनिधिमण्डलसहित जाने कार्यक्रम तय भएको थियो ।

गुजरात सरकारले ओमिक्रोन भेरियन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ ।

गुजरातमा आज २०४ वटा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here