छ्याङ्दी हाइड्रोपावरको हकप्रद माघ ११ गतेबाट खुल्ने, कसले दिने आवेदन ?

काठमाडौं, २३ पुस । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १०ः३ अनुपातमा ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

जसअनुसार कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले पुस २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

कम्पनीको हकप्रदमा फागुन २ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले बिक्री ग्लोबल आइएमई क्यापिटल, छ्याङ्दी हाइड्रोपावर लिमिटेडको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा कार्यालयहरु बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here