सुन पुसयताकै सस्तो, विवाहको लगन नजिकिँदा किन घट्यो भाउ ?

काठमाडौं, २३ पुस । नेपाली बजारमा सुन महिनाकै सस्तो भएको छ।

साताको अन्तिम दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी पनि यो महिनायताकै सस्तो बनेको छ। शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो।

चाँदी प्रतितोला १२२५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ थियो। आइतबार ७ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँ भएको थियो।

सोमबार तोलामा ३ सय र मंगलबार ९ सय रुपैयाँ घटेर कारोबार भएको थियो। तर बुधबार ६ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय भएको थियो।

सुन सबैभन्दा बढी विक्री हुने विवाहको सिजन माघ महिना आउन केही दिन मात्र बाँकी हुँदा यसको भाउ भने घटेको छ ।

अन्तरराष्ट्रिय बजारमा पहेलो धातुको भाउ घटेको कारण नेपाली बजारमा पनि सुनको भाउ ओरालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको भाउ तुलनामा घटेको छ। शुक्रबार सुन प्रतिऔंस १७९२. ५९ डलर र चाँदी २२.१६ डलर छ। बिहीबार सुन प्रतिऔंस १८०५.५५ डलर र चाँदी २२.६२ डलरमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here