भगवान कोइराला, सन्दुक रुइत र सुरेशराज शर्माले पाए ‘इन्स्टिच्युसन विल्डर अवार्ड’

काठमाडौं, २३ पुस । डा. भगवान कोइराला, डा. सन्दुक रुइत र डा. सुरेशराज शर्मा ‘इन्स्टिच्युसन विल्डर अवार्ड’ बााट सम्मानित भएका छन् ।

कर्पोरेट क्लब नेपालले एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्डमा उनीहरुलाई व्यक्तिगतरुपमा सम्मानित गरेको हो ।
डा. कोइरालालाई गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको संस्थागत विकासमा उल्लेख्य योगदान गरेवापत सो अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ ।

डा. रुइतलाई तिलगंगा आँखा केन्द्रको विकासका लागि अवार्ड दिइएको हो भने डा. शर्मालाई काठमाडौं विश्वविद्यालयको विकासमा योगदान पु¥याएवापत सम्मानित गरिएको हो ।

तीनै जनालाई प्रतिस्पर्धामार्फत जुरीले छनोट गरेको अवार्ड आयोजक समितिका सभापति मोहन ओझाले जानकारी दिए ।
त्यसैगरी, वरिष्ठ व्यवसायी गणेशबहादुर श्रेष्ठलाई लाइफटाइम अचिभमेण्ट अवार्डबाट सम्मान गरिएको छ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले उत्कृष्ट नेतृत्वका लागि महिला र पुरुषतर्फको अवार्ड जितेका छन् ।

अन्य क्षेत्रका अवार्ड विजेताहरु यसप्रकार छन्ः
विशिष्ट सेवामा सामाजिक उद्यमः टिच फर नेपाल
विशिष्ट सेवामा स्टार्ट अपः सस्तो डिल प्रा लि.

कर्पोरेट एक्सिलेन्सः
म्यानुफ्याक्चरिङः किरण शुज म्यानुफ्याक्चरर्स
फाइनान्सियल सर्भिसेजः मुक्तिनाथ विकास बैंक
इन्स्योरेन्स सर्भिसेजः शिखर इन्स्योरेन्स कम्पनी
आईटी/आईएसपी सर्भिसेजः डिस मिडिया नेटवर्क
हस्पिटालिटी सर्भिसेजः द सोल्टी काठमाडौं
हेल्थ सर्भिसेजः तिलगंगा आँखा अस्पताल
फर्मास्युटिकल्स उद्योगः क्वेस्ट फर्मास्युटिकल्स
हाइड्रोपावर सर्भिसेजः बुटवल पावर कम्पनी
एग्रिबिजनेशः निम्बस होल्डिङ्स
फिनटेक सर्भिसेजः इसेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here