ट्याक्सी भाडा बढ्यो, अब कति तिर्नुपर्छ प्रतिकिलोमिटर ?

फाइलफोटो

काठमाडौं, २३ पुस । सरकारले ट्याक्सी चालकहरुको पटक–पटकको मागलाई सम्वोधन गर्दै ट्याक्सीको भाडा बढाएको छ ।

मन्त्रिस्तरीय बैठकले बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेको ट्याक्सीको माघ १ गतेदेखि लागू हुने गरी भाडा निर्धारण गरेको हो।

परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरू ‘फ्लाग डाउन’ ६० रुपैयाँ कायम गरिएको यातायात मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

सुरूका एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुने गरी कायम गरिएको हो।

ट्याक्सी प्रयोग गर्ने सेवाग्राहीलाई सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अंग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने छ।

यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेशिनसमेत जडान गरिसकेको छ । सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपनि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here