फिफा वर्ष खेलाडीको सर्टलिस्ट सार्वजनिक, को को परे ?

काठमाडौं, २४ पुस । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘द बेस्ट फिफा पुरूष वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार विश्व फुटबल महासंघ (फिफा)ले महिला र पुरुष दुवैतर्फको उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको हो।

जसमा फिफा पुरुष वर्ष खेलाडीको लागि मनोनित अन्तिम तीन खेलाडीमा अर्जेन्टिनाका पिएसजी स्टार लियोनल मेसी, पोल्यान्डका बार्यनम्युनिख स्टार रोबर्टो लेवान्डोस्की र इजिप्टका लिभरपुल स्टार मोहमद सलाह रहेका छन्।

अवार्ड विजेताको तय अन्तर्राष्ट्रिय प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय टिम र पत्रकार तथा समर्थकको भोटका आधारमा गरिंदै आएको छ। सन् २०२० मा पुरुषतर्फ यो अवार्ड लेवान्डोस्कीले जितेका थिए। फिफाले विजेताको नाम १७ जनवरीमा ज्युरिचमा घोषणा गर्ने जनाएको छ।

मनोनयनमा परेका अन्य विधा

वर्ष पुरुष प्रशिक्षक:

पेप ग्वार्डीवाला (स्पेन/म्यानचेस्टर सिटी)
रोबर्टो मान्सिनी (इटाली/ इटालियन राष्ट्रिय टिम)
थोमस टुचेल (जर्मनी/चेल्सी)

वर्ष उत्कृष्ट महिला प्रशिक्षक

लुइस कोर्टेस (स्पेन/बार्सिलोना)
एम्मा हाएस (इंग्ल्यान्ड/चेल्सी)
सरिना विग्मान (नेदरल्यान्ड/डच राष्ट्रिय टिम/इंग्लिस राष्ट्रिय टिम)

वर्ष उत्कृष्ट गोलरक्षक पुरुष

म्यानुएल नुएर (जर्मनी/वार्यन म्युनिख)
इडुवार्ड मेन्डी (सेनेगल/चेल्सी)
जियानलुगी डोनारुम्मा (इटाली/एसी मिलान, पिएसजी)

वर्ष उत्कृष्ट गोरक्षक महिला

अन्ना-कट्रिन बर्गर (जर्मनी/चेल्सी)
क्रिश्टिनी एन्डलर (चिली/ पिएसजी, लियोन)
स्टेफिन लबि (क्यानडा/रोसेनगार्ड/पिएसजी)

फिफा पुस्कास अवार्ड (वर्ष उत्कृष्ट गोल)

एरिक लामेला- टोटेनह्याम (विरुद्ध आर्सनल, १४ मार्च)
प्याट्रिक सिच- चेक रिपब्लिक (विरुद्ध स्कटल्यान्ड, १४ जुन)
मेहदी तारेमी- पोर्टो (विरुद्ध चेल्सी, १२ अप्रिल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here