‘७ प्रतिशत आार्थिक वृद्धिदर हासिल गर्न मुस्किल’- गभर्नर अधिकारी

काठमाडौं, २५ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्यभित्र राख्न चुनौती देखिएको बताएका छन् ।

आइतबार सार्वजनिक लेखा समितिले मुलुकको वर्तमान आर्थिक अवस्थाको विषयमा गरेको छलफलमा उनले धान उत्पादन घटेकोले चालु आर्थिक वर्षमा ७ प्रतिशत आार्थिक वृद्धिदर हासिल गर्न मुस्किल हुने बताए ।

मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनको धारण थियो ।

‘उच्च आयातको प्रभाव सञ्चितिमा, शोधनान्तर र चालु खातामा मात्रै नभएर तरलतामा पनि पर्‍यो,’ उनले भने, ‘उच्च आयात फाइनान्स गर्न कर्जा उच्च वृद्धि भयो । कर्जा आयातमा नगएको भए उच्च वृद्धिले पनि समस्या हुने थिएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here