राष्ट्रियसभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कुन पार्टीको चुनाव चिन्ह के ? (सूचीसहित)

काठमाडौं, २५ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

निर्वाचन कार्यक्रम अनुसार आइतवार सबै निर्वाचन अधिकृतहरूको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरेको छ ।

यस्तै लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिन्ह प्रदान गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रियसभाको १२ गते हुने चुनावबाट १९ जना निर्वाचित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here