माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं, २६ पुस । संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सीसीएमसीसीको आइतबार बसेको बैठकले ओमिक्रनको संक्रमण बढ्दै गएपछि जाडो बिदा लम्ब्याएर विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here