गहुँमा आत्मनिर्भर बन्न ४ लाख मेट्रिक टन अपुग, बीउमा समेत भारतकै भर

काठमाडौं, २६ पुस । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ ।

कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं।

सरकारले नारा घन्काइरहँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

नेपालको हावापानी गहुँ उत्पादनको लागि उत्तम भएपनि गहुँको बीउमा समेत नेपाल आत्मनिर्भर छैन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुुसार नेपाल गहुँको बीउका लागि भारत र मेक्सिकोको भर पर्नु परेको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/०७८ मा भारतबाट १४ लाख ८९ हजार ४ सय केजी र मेक्सिकोबाट ३ सय ४१ केजी गहुँको बीउ नेपाल भित्रिएको छ ।

गत वर्ष भारतबाट मात्रै ३८ करोड ६७ लाख ८९ हजार १ सय ३७ केजी गहुँ नेपाल भित्रिएको छ । जसका लागि ११ अर्ब ९२ करोड ८५ लाख २३ हजार ७ सय ९९ रुपैयाँ खर्च भएको छ ।

तथ्यांक अनुसार एक वर्षमा २ लाख ६१ लाख ३ हजार २ सय २६ रुपैयाँ बराबर गहुँको पीठो आयात भएको छ ।

नेपालमा उत्पादन बढे पनि नेपालमा गहुँको आयात भने रोक्न सकिएको छैन । तराईमा उत्पादित गहुँले त्यहीँको जनसंख्यालाई धान्न धौ–धौ पर्ने र पहाडी क्षेत्रको उत्पादन कम हुनाले पनि परनिर्भर हुनु परेको हो ।

बिउ र उपभोगका लागि नेपालले ४ लाख २५ हजार ४ सय १७ मेट्रिक टन गहुँ विभिन्न देशहरूबाट आयात भएको छ ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयको पछिल्लो तथ्यांकले नेपाल गहुँमा आत्मनिर्भर बन्नका लागि हाल आयात भइरहेको परिमाणको गहुँ उत्पादन गर्नुपर्ने देखिन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here