नायव सुब्बाका लागि दरखास्त आह्वान, यसरी दिनुहोस् अनलाइनवाट आवेदन

काठमाडौं, २८ पुस । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधक) नायव सुब्बा पदका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बुधबार सूचना प्रकाशित गरी नायव सुब्बामा खुला र सामावेशी पदका लागि झण्डै २५० पदको लागि दरखास्त आह्वान गरेको छ।

आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ।

नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।

दरखास्त http://psconline.psc.gov.np/ बाट पनि दिन सकिने जनाइएको छ।