साझालाई अशोक लेलैण्डले हस्तान्तरण गर्यो २० वटा स्मार्ट बस, यस्ता छन् विशेषता

काठमाडौं, १८ असार । आइएमई मोटर्स द्वारा प्रवर्द्धित अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान लाइनक्स स्मार्ट बस साझा यातायातलाई हस्तान्तरण गरेको छ ।

लाइनक्स स्मार्ट बसमा विभिन्न खालका विशेषताहरु रहेका छन् । यसलाई आधुनिक टेक्नोलोजिद्वारा डिजाइन र प्रमाणित गरिएको कम्पनीले दाबी गरेको छ ।

के के विशेषता छन् त बसमा ?

कम्पनीका अनुसार बसले अनिवार्य मापदण्डहरु भन्दा अतिरिक्त सुरक्षा प्रदान गर्ने छ । लाइनक्स स्मार्टबसको विशेषताको रुपमा इन्जिनमा एक समकालीन–४सिलिण्डर सिआरएस डिजल जुन इजीआर टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ ।

बसको अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० हर्षपावरको को अधिकतम शक्ति २४०० आरपीएम सेमी इलिप्टिकल मल्टिलिफ साथै शकअब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन ट्यांक क्षमता रहेको छ ।

लाइनक्स स्मार्टबस बसको यो परम्परागत एक निरंतरता हो, जहाँ नेपाली ग्राहकहरु माझ आवश्यकताको विषय बन्दै गइरहेको छ । यो गाडी न केवल अपरेटर र यात्री अनुकूल छ, साथै पैदलयात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको कारणले चालक मैत्री संभव रहेको छ ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ ।

१९४८ मा स्थापित यो कम्पनी कमर्शियल भेइकलमा भारतको दोश्रो ठूलो उत्पादक र ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक रहेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here