कक्षा १२ सम्मका विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालनको कार्यविधि जारी

काठमाडौं, ३० पुस । सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालनको कार्यविधि जारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको छ ।

यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले यस कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ ।

प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ।

अघिल्लो सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु गरेको थियो भने वर्तमान सरकार बनेपछि त्यसमा ‘पढ्दै कमाउँदै कार्यक्रम‘ पूरक बजेटमार्फतबाट थपेको थियो ।

शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here