बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भएको उद्योग वाणिज्य महासंघको आरोप

काठमाडौं । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गरेको छ । महासंघले पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छ ।

‘बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भएर भाडा बुझाउने शर्तमा क्याफेटेरिया संचालनको अनुमति पाएको हो’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ ।’

साथै प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने र सत्यतथ्य खोजी गर्न आग्रह गरिएको छ ।

संचारमाध्यममा आएका समाचारकै भरमा,स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नहुने महासंघको जिकीर छ ।

महासंघले सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने चिन्ता व्यक्त गरेको छ ।

विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट छ । व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न महासंघले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here