माघ २, काठमाडौं । जैष्णवी ग्रुपले नेपाली बजारमा याक ब्राण्डका इलेक्ट्रिक बाइक ल्याएको छ ।
कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पांग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइक नेपाल ल्याएको हो ।
याकले अन्य बाइकको तुलनामा कम ऊर्जा खपत गर्छ । यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने छ भन्ने हामीले विश्वास लिएका छौँ, कम्पनीकी अध्यक्ष स्मृती पालिखेले भनिन् ।
विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने उनले बताइन् । आगामी दिनमा विद्युतीय बाइक नेपालमै एसेम्बल गर्ने पनि कम्पनीको योजना छ ।
कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने पनि योजना बनाएको छ ।