यी हुन् श्रममन्त्री श्रेष्ठका सय दिनका ३५ उपलब्धि, श्रम क्षेत्रलाई व्यवस्थित गर्ने

काठमाडौं, ३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो नेतृत्वमा सय दिनको अवधिमा भएका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका दिन विभिन्न ३५ बुँदामा आफूले गरेका कामहरू सार्वजनिक गरेका हुन् ।

उनले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको पनि दाबी गरेका छन् ।

यस अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको उनले बताएका छन्।

वैदेशिक रोजगारीका मात्रै समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भइरहेको मन्त्रीले जानकारी गराएका छन्।

यस्तै कोरोनाका कारण रोकिएको दक्षिण कोरियाको रोजगारी सुचारु भएको छ। इजरायलमा पनि यसै साताबाट श्रमिक जान थाल्नेछन्।

गत असार २९ गते शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन भएको थियो । श्रेष्ठले गत असोज २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

यी हुन् ३५ बुँदामा सार्वजनिक गरेका उपलब्धिहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here