बतास समूहसँग पशुपति धर्मशालाको सम्झौता रद्द गर्न छानविन समितिको सिफारिस

काठमाडौं, ३ माघ । बतास समूहसँग भएको नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्न छानविन समिति सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन भएको समितिले मिलेमतोमा सम्झौता गैर कानूनी रुपमा गरिएको भन्दै खारेज गर्न सिफारिस गरेको हो ।

सोमबार मन्त्रालयमा छानविन प्रतिवेदन बुझाउँदै अध्ययन समितिले सम्झौता गर्ने कोषका कर्मचारीलाई कारवाही गर्न पनि सिफारिस गरेको छ ।

छानविन समितिले उक्त प्रतिवेदनमा अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको प्रतिवेदन बुझाएको छ ।

त्यस्तै स्वीकृतिविना संरचनाहरू थप गरिएको, सम्झौता विपरीत बेड संख्या तथा दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएको लगायतका कारण देखाएर सम्झौता रद्द गर्न सिफारिस गरेको छ ।

मन्त्री आलेले अनुगमन गरेको भोलिपल्टै समितिले यस्तो सिफारिस गरेको हो । धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको समितिको ठहर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here