सरकारी लक्ष्यको ४६ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च तीन बर्ष यताकै कमजोर

काठमाडौं, ४ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिना सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा ५ खर्ब ४४ अर्ब रुपैयाँ राजस्व असुली भएको छ ।

चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ४६.१६ प्रतिशत हो । यो वर्ष राजस्वबाट १० खर्ब ६९ अर्ब राजस्व संकलनको लक्ष्य सरकारले लिएको छ।

यस्तै गैरकर राजस्वबाट ४८ अर्ब ५६ करोड संकलन भएको छ। अन्य शीर्षकमा ३३ अर्ब २९ करोड प्राप्ति हुँदा अनुदान १३ अर्ब ८८ करोड संकलन भएको छ। राजस्व संकलनको वार्षिक प्राकृतिक वृद्धिदर २० प्रतिशतलाई मानिने गरिन्छ।

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३.७१ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो ।

प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।

यस्तै चालु आर्थिक वर्षको पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव ८८ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here