नेकपा प्रवेश गरे ‘दिपक मनाङे’, मुख्यमन्त्रीले लगाइदिए टिका

काठमाडाैं, १९ असार । ‘दिपक मनाङे’ नामले चर्चित मनाङ जिल्ला प्रदेशसभा १ ‘ख’ का प्रदेश प्रदेश सांसद राजीव गुरूङ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपाको कास्की पार्टी कार्यालयमा बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टीमा प्रवेश गराएका हुन् । मुख्यमन्त्री गुरूङले अबिर लगाएर उनीहरूलाई पार्टी प्रवेश गराए साथमा नेकपाकाे विधान समेत उपहार दिए ।

प्रदेशसभाकाे निर्वाचनमा मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । मनाङेसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्की पनि नेकपामा प्रवेश गरेका छन् ।

उनकाे विगतकाे कारण नेकपा प्रवेश गर्दा धेरै चर्चा भएकाे छ ।

उनलाई धेरैले डनकाे रूपमा चिन्ने गर्छन् तर उनी भने आफू एक व्यावसायी र समाजसेवी मात्रै भएकाे दाबी गर्छन् ।

राजधानीकाे ठमेल क्षेत्रलाइ आधार बनाई संगठित अपराधमा संलग्न भएकाे आरोप लाग्ने उनलाई फौजदारी मुद्दामा उच्च अदालत पाटनले एक मुद्दामा दोषी ठहर गरेपछि शपथ लिन पाएका थिएनन् ।

त्यसपछि सर्वोच्च गएका उनलाई थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिए पछि केहि महिना अघिमात्रै सांसदकाे शपथ लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here