चालकविहीन एक पटकको चार्जमा ३०० किमी चल्ने विद्युतीय ट्रक

काठमाडौं । आनन्द महिन्द्राको महिन्द्रा समूहको अटोमोटिभ डिजाइन कम्पनी पिनिनफरिनाले उत्कृष्ट विद्युतीय ट्रक डिजाइन गरेको छ ।

यसले एकै पटक चार्जमा ३०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। यति मात्र होइन, यो सेल्फ ड्राइभिङ टेक्नोलोजीको साथ आउनेछ, अर्थात् सडकमा चालकविहीन चल्नेछ ।

पिनिनफेरिनाको यो कन्सेप्ट इलेक्ट्रिक ट्रक ठ्याक्कै बुलेट ट्रेन जस्तो देखिन्छ। यसको डिजाइन एकदम स्लिम छ।

कम्पनीले यसलाई Baidu DeepWay को सहायक कम्पनी बनाएको छ । भारी लोडकासाथ यो पिनिनफेरिना ट्रकमा ४५ किलोवाट ब्याट्री छ। यसले एक पटक चार्जमा ३०० किलोमिटरसम्म पुग्ने शक्ति दिन्छ।

यति मात्र होइन, यो पिनिनफेरिना ट्रकमा कम्पनीले ११ वटा अन-बोर्ड वाइड एंगल क्यामेरा, इन्फ्रारेड डिटेक्टर, रडार र दिडर सेन्सरहरू जडान गरेको छ।

-आजतक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here