नियमित भेटघाट भन्दै राष्ट्र बैंकले फेरी डाक्यो सबै बैंकका सीईओ

काठमाडौं १९, असार । नेपाल राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि डाकेको छ । राष्ट्र बैंकले सबै बैंकका प्रमुख कार्यकारीलाई डाकेर शुक्रबार छलफल गर्न लागेको हो ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागको आयोजनामा सीईओसँग छलफल हुन लागेको हो । यो छलफललाई राष्ट्र बैंकले नियमित र वार्षिक कार्यक्रम भएको जनाएको छ । तर, मर्जरको प्रतिवद्धता पेस गर्न राष्ट्र बैंकले दिएको एक साता सकिएको भोलीपल्ट पुनः सीईओसँगको छलफल बोलाइएकाले त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि सुपरिवेक्षण विभागकै संयोजकत्वमा अध्यक्ष र सीईओलाई डाकिएको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले साताभित्र मर्जरको प्रतिवद्धता दिन बैंकलाई निर्देशन दिएका थिए ।

बैंकहरुलाई दिएको समय आज (बिहीबार) सकिएको छ । राष्ट्र बैंकले गत बिहीबार उक्त निर्देशन दिएको थियो । छलफल नियमित भएपनि चर्चाको विषय मर्जरका बारेमा पनि कुरा उठन सक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘हाम्रो उद्देश्य मर्जरका विषयमा कुरा उठाउने हाृेइन, वार्षिक कार्यक्रम अनुसार नै छलफल डाकिएको हो,’ उनले भने, ‘तर, मर्जरको विषयमा कुरै नउठने भन्ने पनि हुदैन ।’

सरकारले आगामी वर्षको वजेट वक्तव्यमा ठूला मर्जरको विषय उल्लेख गरेको छ । सरकारले नै ठूला मर्जरलाई प्राथमिकता दिएपछि राष्ट्र बैंक पनि ताकेको छ । आगामी वर्षको मौद्रिक नीति मार्फत राष्ट्र ठूला मर्जरलाई प्राथमिकता दिने सम्भावना बलियो बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here